बिराटनगर पुस २१ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरस्थित सस्थाम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा कलेजका बिद्यार्थी तथा स्टाफहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी मोरंगको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको युथ फर ब्लड मोरंगका हिमाल सापकोटाले जानकारी दिए । कलेजले बिद्यार्थीहरुलाई सामाजिक काममा लगाउन उक्त कार्यक्रम आयोजना गरेको सस्थाम कलेजका बिबिए प्रमुख प्रविन रिमालले बताए । युथ फर ब्लड मोरंगलाइ यस बर्ष सहयोगीको रुपमा डल्फिन एजुकेसनले सहयोग गर्दै आएको छ ।