विराटनगर किङ्सले धनगढी प्रिमियर क्रिकेट लिगमा खेल्ने

<span class='c1'>विराटनगर किङ्सले धनगढी प्रिमियर</span> <span class='c2'>क्रिकेट लिगमा खेल्ने</span>

बिराटनगर पुस २१ , नेपाली क्रिकेटमा सबभन्दा ठूलो पुरस्कारको प्रतियोगिता ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग–डीपीएल’ खेल्ने ६ सहरका ६ टिम बिहीबार घोषणा गरिएको छ । इन्डियन प्रिमियर लिग शैलीको फ्रेन्चाइज टिमको रुपमा विराटनगर, काठमाडौं, रुपन्देही, धनगढी, अत्तरिया र कन्चनपुरले प्रतिस्पर्धा गर्ने भएका छन् ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा चैत ५ देखि १९ सम्म हुने धनगढी प्रिमियर लिगमा टिम मालिक र कप्तान पनि घोषणा गरिएको छ । कुल २८ लाख ५० हजार पुरस्कार प्रतियोगितामा स्थानीय क्लब, व्यवसायिक समूह र क्रिकेटप्रेमीहरुको स्वामित्वमा फ्रेन्चाइज टिम बनाइएको हो । प्रतियोगिताका लागि सीबाईसी अत्तरियाको (कप्तान ज्ञानेन्द्र मल्ल), बिराटनगर किङ्सको (कप्तान शरद भेषावकर), काठमाडौं गोल्डेन्सको (कप्तान बसन्त रेग्मी), रुपन्देही च्यालेन्जर्सको (कप्तान शक्ति गौचन), कञ्चनपुर आइकोनिकको (कप्तान विनोद भण्डारी) र टिम चौराहा धनगढीको (कप्तान पारस खड्का) गरी छ टिम छनोट गरिएको आयोजकले जनाएको छ | समान १ लाख ५० हजार पारिश्रमिक पाउने कप्तान लक्की ड्रबाट छनोट गरिएको हो |

खेल अन्चल प्रहरी कार्यालयको धनगढीस्थित मैदानमा सञ्चालन गर्ने बताइएको छ । प्रतियोगितामा १९ खेल हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्