एमाले निकट विद्यार्थी संगठनले गर्यो उपकुलपतिको कार्यकक्षमा तोडफोड

एमाले निकट विद्यार्थी संगठनले गर्यो उपकुलपतिको कार्यकक्षमा तोडफोड

विराटनगर पुस २२ , नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासको कार्यकक्षमा तोडफोड गरेको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य भास्कर खनाल , पुर्वाञ्चल विश्वविद्यालय केन्द्रीय प्रतिनिधि विष्णु यादव , मोरङ जिल्ला अध्यक्ष गोकर्ण घिमिरे लगाएतको समुहले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको आज विराटनगरका विभिन्न दैनिक पत्रिकाले लेखेका छन् । पूविले अनेरास्ववियुसंग विगतमा गरेको सम्झौता पालना नगरेको भन्दै अनेरास्ववियुले तोडफोड गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्