ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्रि सडक खण्डमा विहीबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलबजार नगरपलिका-३ बस्ने दिलिप पाश्वानको १४ बर्षिय छोरा दिपक पाश्वान रहेका छन्।

पाश्वानलाई दक्षिणबाट उत्तरतर्फ आउँदै गउरेको स १ त ३१८७ नम्बरको टयाक्टरले साँझ ५;३० बजेतिर बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएका बालककको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याक्टरका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ।

यता सुनसरीको ईटहरी-१२ मा इटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको को १ ख ५६१९ नम्बरको टिपरले को १३ प ७४६८ नम्बरको स्कुटरलाई ठक्कर दिदा एक जना घाइते भएका छन्।

घाइते हुनेमा स्कुटर चालक धरान-६ बस्ने ४३ बर्षिय दिपेश तामाङ रहेका छन्। तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। ठक्कर दिने टिपरका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्