प्याब्सन मोरङको विराटनगरमा विविद्य कार्यक्रम

प्याब्सन मोरङको विराटनगरमा विविद्य कार्यक्रम

विराटनगर, २४ पुस ÷ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको २७ औं स्थपना दिवसको अवसर पारेर मोरङ प्याब्सनले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।
प्याब्सनले विराटनगर– १७ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनमा आईतबार एक कार्यक्रम आयोजना गरी सुत्ने ‘म्याट्रेस’ तथा बालवालिकालाई भोजन गराएको हो ।
प्याब्सन मोरङका अध्यक्ष बासुदेव न्यौपानेले सदनका संस्थापक अध्यक्ष सीता पोखरेललाई ५० हजार मुल्यबढीकोे ‘म्याटे«स’ हस्तानतरण गर्नुभएको थियो । पछिल्लो समयमा जाडो बढेरहेको अवस्थालाई मध्यनजर गर्दै सेवामा रहेका बालवालिकालाई न्यानो पार्ने उद्देश्यले सुत्ने एक दर्जन बढी ‘म्याट्रेस’ वितरण गरेको अध्यक्ष न्यौपानले बताउनुभयो ।
सोही अवसर पारेर प्याब्सन मोरङको क्षेत्र नम्बर ७ र ८ ले पनि उर्लाबारीमा रहेको महिला तथा बालवालिका चेतना केन्द्र द्धारा सञ्चालित नमूना बाल गृहमा लत्ताकपडा तथा खाद्य सामाग्री वितरण गरेको प्याब्सन मोरङका कोषाध्यक्ष इन्द्र राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्