भूमिका पाख्रिन
पाँचथरको फिदिममा सम्पन्न आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड झापा ११
ले हात पारेको छ । आजसम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई २-१ गोलअन्तरले हराउर्दै झापाले उपाधि कब्जा गरेको हो । झापाका योगेश गुरुङले खेलको ६७ औ मिनेटमा पहिलो
गोल गरेका थिए । खेलको इन्जुरी समयमा ताप्लेजुङका रजिन धिमालले गोल गर्दै बराबरीमा पुर्याएका थिए ।
त्यसपछि थपिएको अतिरिक्त समयमा झापाका बुद्ध चेम्जोङले गोल गर्दै झापालाई उपाधी दिलाउन सफल भए।
जितसँगै झापाले नगद २ लाख ५० हजार नगद ट्रफी मेडल साथै उपविजेतामै चित्त बुझाएको ताप्लेजुङले नगद १ लाख ५०
हजार पा¥यो ।