सोलुखुम्बु, पुस २५
सोलुखुम्बुको दुधकुण्ड-२ स्थित खाम्जे भिरमा आइतबार लु ३ त ३६६३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरी बर्दिबास बस्ने ३६ बर्षिय राजु लामा रहेका छन्।
फाप्लुबाट बेनितर्फ जादै गरेको उक्त ट्याक्टर साँझ ६ बजेतिर सडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना भएको थियो। दुर्घटना लामाको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बेनीले जनाएको छ।