धनकुटामा अनधिकृतरुपमा बसाइएको बस्तीमा डोजर चल्यो

<span class='c1'>धनकुटामा अनधिकृतरुपमा बसाइएको</span> <span class='c2'>बस्तीमा डोजर चल्यो</span>

धनकुटा पुस २५ , धनकुटा नगरपालिका वडा नं १ हिले स्थित विद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ। बस्ती हटाइ जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेको डेढ महिनासम्म पनि वस्ति नहटाएपछि प्रशासनले डोजर लगाएर घर टहरा भत्काएको हो । विद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए। प्रशासनले दिएको समयसीमा भित्र जग्गा खाली नगरेकाले बलप्रयोग गरेर वस्ति हटाउनु परेको जनाएको छ । जग्गा अतिक्रमण रोक्न पटक–पटक पत्र लेखिए पनि अटेर गरिएपछि वल प्रयोग गर्नुपरेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्