युवाहरूलाई सोसियल मिडिया मार्केटिङको प्रशिक्षण

युवाहरूलाई सोसियल मिडिया मार्केटिङको प्रशिक्षण

विराटनगर पुस २६ , विराटनगरका युवाहरुलाई एक दिने सोसियल मिडिया मार्केटिङ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ओ.बि मिडिया प्रालिको आयोजना तथा पपुलाइजर्सको प्रशिक्षण सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पपुलाराइजर्सका मुकुन्द निरौला र आयुस उपाध्यायले युवाहरूलाई सोसियल मिडिया मार्केटिङ तथा वेव डेभलपमेन्ट सम्बन्धि प्रशिक्षण दिएको ओबि मिडियाका सरोज लम्सालले जानकारी दिए । विश्व मै सबै क्षेत्रमा डिजिटल प्रविधि लागू भइसकेको अवस्थामा विराटनगरका युवा माझ यस्तो कार्यक्रम गरेर युवाहरुलाई सोसियल मिडियाको प्रयोगबाट कसरी मार्केटिङ गर्ने तथा कसरी अनलाइनबाट आयआर्जन गर्न सकिन्छ भन्ने कुरा जानकारी गराएको लम्सालले बताए ।

4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्