बिराटनगरबाट लागूऔषधसहित दुई पक्राउ

बिराटनगरबाट लागूऔषधसहित दुई पक्राउ

मोरङ, पुस २६
मोरङको विराटनगरस्थित दुई बेग्ला बेग्लै ठाउँबाट सोमबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा पथरी नगरपालिका ४ बस्ने ३२ वर्षिय मनोज माझी र सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने विवेक क्षेत्री रहेका छन्।
मनोजलाई प्रहरीले मंगलबार दिउँसो २ बजे विराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकबाट पक्राउ गरेको हो। उनको साथबाट २८८ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल बरामद भएको छ।
त्यसैगरी विवेक क्षेत्री विराटनगर १८ स्थित जतुवाबाट पक्राउ परेका हुन्। उनको साथबाट डाइजेल्याब १३ एम्पुल, लुपिजेसिक १३ एम्पुल, एभिल १३ एम्पुल बरामद भएको छ।
बरामद लागूऔषधसहित दुबैलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्