एमाले मोरङको अध्यक्षमा विनोद ढकालले मारे बाजी (मत परिणाम)

एमाले मोरङको अध्यक्षमा विनोद ढकालले मारे बाजी (मत परिणाम)

विराटनगर पुस २९ ,

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट अध्यक्षमा विनोद ढकाल ५४१ मत सहित विजयी भएका छन् ।
उनका निकटम प्रत्यासी महेश रेग्मीले ३३४ मत मात्रै प्राप्त गर्न सफल रहे । विहीबार अवेर राति सकिएको मतगणना अनुसार ढकालले रेग्मीलाई २०७ मतले पछि पारेर मोरङ जिल्ला अध्यक्ष बन्न सफल रहे ।

जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको थियो । प्राविधिक कारण देखाएर निर्वाचनको मतगणना भने विहीबार दिउँसो १ बजेदेखि मात्र सुरु भएको थियो । मत परिणाम अनुसार जिल्लाका अन्य पदाधिकारीहरुमा पनि विनोद ढकाल पक्षकै प्यानलबाट अधिकांश विजयी भएका छन् । अवेर रातिदेखि नै  विजयी पदाधिकारीको खुसीमा सामाजिक संजालहरुमा बधाईका संदेश आउन सुरु भइसकेको छ । मत परिणाम :

उपाध्यक्षमा मत परिणाम :

रामलाल साह ४२४ । सत्यनारायण ३२५

सचिवमा मत परिणाम :

ऋषि पोखरले ४६२। विद्या चाम्लिंग ३०६

सहसचिवमा मत परिणाम :

घना तामाङ ४२५ । राजकुमार ओझा ३२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्