दमकमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमकमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झापा, पुस २९

झापाको दमक-८ स्थित कृष्ण मन्दिर नजिकै विहीबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार अर्का एक घाइते भएका छन्।

राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १० प ८६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ उर्लबारी-४ बस्ने २१ बर्षिय गौरब श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनाम गम्भिर घाइते श्रेष्ठको लाईफलाईन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घाइते सोही ठाउँका २२ बर्षिय आकाश कार्कीको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्