विराटनगर पुस २८ ,
विराटनगर-३ स्थित मुनालपथमा २ करोडको लगानीमा खानेपानीको टंकी निर्माण गरिएको छ । साढे चार लाख लिटर क्षमता रहेको उक्त टंकी विराटनगर स्थित नेपाल खानेपानी संस्थाले निर्माण गरेको हो । उक्त टंकी निर्माण भएपछि खानेपानीको सहज आपूर्ति उक्त क्षेत्रमा रहेको खानेपानी संस्थाले जनाएको छ ।