बिराटनगरको अनुमानित बजेट १ अर्व ८९ करोड ६३ लाख

बिराटनगरको अनुमानित बजेट १ अर्व ८९ करोड ६३ लाख

बिराटनगर पुस २९ , बिराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि १ अर्ब ८९ करोड ६३ लाख ६१ हजार रुपैयाँ अनुमानित बजेट सार्वजानिक गरेको छ । विराटनगरमा विहीबार ३३ औ नगरपरिषद २०७४/०७५ को नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकरण कार्यक्रम आयोजना गरी आर्थिक वर्षको लागि बिराटनगर उपमहानगरपालिकाले अनुमानित बजेट सार्वजानिक गरेको हो ।

आर्थिक वर्षको लागि नगरपालिकाको तर्फबाट ८४ करोड ६३ लाख ६१ हजार र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना तथा क्षेत्रीय शहरी विकास परियोजना तर्फबाट १ अर्ब ५ करोड गरी १ अर्व ८९ करोड ६३ लाख ६१ हजार रुपैयाँ अनुमानित बजेट नगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले प्रस्तुत गर्नुभएको थियो ।  उक्त प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट २७ करोड १४ लाख ४० हजार, नेपाल सरकारको अनुदानबाट ४३ करोड ७० लाख २९ हजार, नेपाल सरकार निशर्त अनुदानबाट ६ करोड ५३ लाख ३० हजार, विभिन्न निकाय तथा दातृ संघ संस्थाबाट ६४ लाख ३४ हजार, नगर विकास कोष ऋण सहयोगबाट ५ करोड र जनसाहाभागीताबाट १ करोड ६१ लाख २८ हजार रुपैयाँ अनुमानित आम्दानी हुने अधिकृत कोईरालाले जानकारी दिनुभयो  । क्षेत्रीय शहरी विकास परियोजना तर्फ विनियोजित कुल बजेटको ९३ प्रतिशत नेपाल सरकारबाट अनुदान वापत प्राप्त हुने तथा ७ प्रतिशत नगरपालिकाले समपूरक कोष वापत हुने बिराटनगर उपमहा नगरपालिकाले अनुमान गरेको छ ।

बजेटले विराटनगरको विकास निमार्णकार्यमा प्रथामिकतामा राखेको कार्यकारी अधिकृत कोईरालो बताउनुभयो ।  बजेटले आधूनिक र गुणस्तरीय सडक, ढल र नाला निमार्ण, वातावरणमैत्री फोहोर व्यवस्थापन, सहज सार्वजानीक यातायत र सुविधिा सम्पन्न बसपार्क, सौर्य सडक बत्ती सहितको उज्यालो नगर, नगर दृश्यावलोकन गर्ने ‘भीयू टावर’ तथा पार्क निमार्ण गरी पर्यटक प्रर्वद्धन, सभागृहको जिर्णोद्धार र क्षेत्रीय सञ्चार ग्राम निमार्णगर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिर्घकालिन भौतिक पुर्वाधार निमार्ण र शहरी विकासको योजना समेत सार्वजानिक गरेको छ । नगरपालिकाले आगमी दुई वर्ष भित्र नगरका सम्पूर्ण सडकहरु कालोपत्रे गरी सफा र सुन्दर शहर निमार्णको महान अभियान सम्पन्न गर्ने योजना बनाएको छ । आर्थिक वर्षको बजेट पुस्तिका संघीय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्रीप्रसाद जबेगुले सार्वजानिक गर्नुभएको थियो ।  उक्त कार्यक्रममा बोल्दै राज्यमन्त्री जवेगुले नगरपालिकाले सार्वजनिक गरेको योजनाहरु कार्यान्वयन गर्न जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्