विराटनगर जेसीजलाई उच्च अदालतको कारण देखाउ आदेश

विराटनगर जेसीजलाई उच्च अदालतको कारण देखाउ आदेश

विराटनगरः विराटनगर जेसीजको विवादको विषयमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ ।
कात्तिक २३ गते भएको निर्वाचन विधान विपरीत भएको भन्दै जेसी सुरेश कार्कीले परमादेशका लागि निवेदन दिएका थिए । अदालतले जिल्ला प्रशासन कार्यालयसहित निर्वाचन समितिसमेतलाई कारण देखाउ आदेश जारी गरेको हो ।
विधानमा उम्मेदवार हुन ५० प्रतिशत कार्यक्रममा उपस्थित हुनुपर्ने, साधारण सभामा ५० प्रतिशत सदस्य सहभागी हुनुपर्ने, आचारसंहिता लागू भएपछि संगठनका नियमित कार्यक्रम गर्न नपाइने भएपनि गरेको भन्दै आफूले मुद्दा हालेको र  फैसला भएको कार्कीले बताउनु भयो ।
जेसीजले कात्तिक ३० देखि जेसीज सप्ताह गरेको थियो । अप्रिल ३० सम्म शुल्क बुझाएकामात्र सदस्य हुनुपर्नेमा सो नगरी पछि भएकालाई तीनजनालाई सञ्चालक समितिमा निर्वाचित गरेकोले बदर गरेको कार्कीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्