झलनाथ खनाल – “एमालेले कुनै पनि हालतमा संबिधान संशोधन प्रस्ताव पारित हुन नदिने |”

झलनाथ खनाल – “एमालेले कुनै पनि हालतमा संबिधान संशोधन  प्रस्ताव पारित हुन नदिने |”

पुष २९ शुक्रवार

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाले आफनो पार्टीले कुनैपनी हालतमा संविधान सशोधन प्रस्ताव पारित हनु नदिने वताउनु भएको छ ।

विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै उहाँले संविधान संशोधन प्रस्ताव मुलुक र जनताको हितमा नभएकाले प्रस्ताव र्फिता हुनुपर्ने बताउनुभयो ।

उहाँले संविधानको सफल कार्यान्वयन अहिलेको आवश्यकता भएकाले त्यसका लागी निर्वाचन आवश्यक भएको वताउनुभयो ।

वरिष्ठ नेता खनालले निर्वाचनले मात्रै सवै समस्याको समाधान हुने भएकाले निर्वाचनका मिति तोक्न समेत सरकारलाई आग्रह गर्नुभयो ।

अव स्थानिय तहको निर्वाचन गराउन कांग्रेसपनी सहमत भएकाले अहिले वुझाएको पुर्न संरचनाको आधारमा स्थानिय तहको निर्वाचन हुनुपर्ने उहाले वताउनुभयो ।

उहाले संविधान संशोधन पारित नभइकन निर्वाचनमा भाग लिन्न भन्ने मधेशी मोर्चाको भनाई अलोकतान्त्रीक र गैर जिम्मेवार भएको बताउनुभयो । लोकतन्त्रमा निर्वाचन देखी कोइपनी भाग्न नहुने उहाको भनाई थियो । संविधान संशोधन प्रस्ताव र्फिता गरेर निर्वाचन गराउनेतर्फ सरकारको ध्यान जानुपर्ने उहाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्