बिराटनगरमा जारी क्रिकेटमा सिद्धार्थ कलेज विजयी

बिराटनगरमा जारी क्रिकेटमा सिद्धार्थ कलेज विजयी

 

१ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता शनिबार भएको खेलमा सिद्धार्थ कलेज विजयी भई क्वाटरफाइनलमा पुगेको छ । आज भएको खेलमा सिद्धार्थ कलेजले नेपाल विजनेश कलेजलार्ई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको विजनेशले निर्धारित २० ओभरको खेलमा १२ दशमलव ४ बलमा सवै विकेट गुमाई ६३ रन बनाएको थियो । जस्मा अरुण बस्नेतले १२ रनको योगदान दिएका थिए ।

सिद्धार्थका म्यान अफ द म्याच सौगात दट्टराई र सन्दिप मण्डलले ३–३ विकेट लिएका थिए । जवाफमा ६४ रनको विजयी लक्ष्य पछ्याएको सिद्धार्थले ७ दशमलव ४ बलमा २ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । जस्मा रेवती यादवले अविजित १९ रन र किशन थापाले १२ रनको योगदान दिएका थिए ।विजनेशका आयूस कौनियार र सन्तोष साहले १–१ विकेट लिएका थिए । प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेल सिद्धार्थ कलेज र महेन्द्र मोरङ कलेज तथा दोस्रो खेल सिटी कलेज र डिग्री कलेज विच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्