सुनसरीमा दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु इटहरी

सुनसरीमा दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु इटहरी

माघ १– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा शनिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना युवाको घटनास्थलमै मृत्यु भएको छ । जनकपुरबाट विराटनगरतर्फ आउँदै गरेको ना ६ ख २९३१ नम्बरको यात्रुबाहक बससँग को १९ प ५५३० नम्बरको मोटरसाइकल साँझ ५ बजेतिर ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, दुर्घटनामा परी मोरङ हसन्दहका सुमन बास्तोला, इटहरी– ५ का कान्छा तामाङ र पहिचान हुन नसकेका अर्का एक जनाको मृत्यु भएको हो ।

मृतक २५ वर्षदेखि ३० वर्ष उमेर समूहका छन् । बसको अघिल्लो भागमा मोटरसाइकल ठोक्किँदा उनीहरूको मृत्यु भएको डिएसपी प्रवीण धितालले बताए । ‘बस आफ्नै लेनमा भएको देखिन्छ । पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर बसको दाहिनेपट्टिको भागमा ठोक्किएको छ,’ धितालले भने, ‘त्यसरी मोटरसाइकल ठोक्किँदा चालकबाहेक अन्य दुई जना उछिटिएर सडकको निकै पर पुगेका छन् । चालक भने दुर्घटनास्थल नजिकै भेटिए ।’ उनले मोटरसाइकल तीव्र गतिमा हुँदा दुर्घटना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्