र्यापर यमबुद्धकाे मृत्यु

र्यापर यमबुद्धकाे मृत्यु

छाेटाे समयमा नै युवा पुस्ता बिच लाेकप्रिय भएका गायक तथा र्यापर यमबुद्ध अर्थात अनिल अधिकारीकाे मृत्यु भएकाे छ । लण्डनमा अाफ्नाे पत्नीसँगै बस्दै अाएका उनी अाज शनिवार अाफ्नै काेठाकाे बाथरूममा मृत अवस्थामा फेला परेकाे माइ रिप्बिलकाले अाफ्नाे वेबसाइटमा समाचार छापेकाे छ

रिपक्लिकाले यमबुद्धका अाफन्त रेश मरहठ्ठालाइ उदृत गर्दै लेखेकाे छ 'उनलाइ हामीले बिहान करिब ३ बजे बाथरूममा मृत भेटेका थियाैं' । परिवार श्राेतका अनुसार उनकाे शरिर हाल लंडन स्थित नर्थविक पार्क अस्पतालमा राखिएकाे छ । बुधबार हुने पाेस्टमार्टम पछि मात्र मृत्युकाे कारण खुल्ने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्