कन्सर्टमा एक युवकमाथि छुरा प्रहार

<span class='c1'>कन्सर्टमा एक युवकमाथि</span> <span class='c2'>छुरा प्रहार</span>

काठमाडौं । ललितपुर प्रहरी परिसर नजिकै शनिबार साँझ भएको कन्सर्टमा एक युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षीय मिलन लामा गम्भीर घाइते भएका छन् ।

केटीको विषयलाई लिएर विवाद भएपछि अर्को समूहले उनीमाथि छुरा प्रहार गरेको बुझिएको छ । पेटमा छुरा प्रहार भएपछि उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

छुरा प्रहार गरेको अभियोगमा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ । छुरा हान्ने मुख्य युवक फरार रहेका छन् ।

ललितपुर परिसरको नेतृत्व एसएसपीले गर्दै आएका छन् । प्रहरी कार्यालयअगाडि सो घटना भएपछि प्रहरीको आलोचना हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्