दुल्हन फर्काउन जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

दुल्हन फर्काउन जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

धनकुटा, माघ ३ 

धनकुटा फाक्सिव-६ मा आइतबार मोरङको केराबारीबाट दुल्हन फर्काउन जाँदैगरेको लेण्डरोभर गाडी दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

बेलुका ७ बजेतिर पूर्णप्रसाद लिम्बुको दुल्हन फर्काउन जादै गरेको उक्त गाडी अनियन्त्रित भइ सडकबाट अन्दाजी १०० फिट तल खसी दुर्घटना भएको थियो।

दुर्घटनामा केराबारी-७ का २३ बर्षिय मिलन मगर, सोही ठाउँका ३० बर्षिय विक्रम मगर र २५ बर्षिया आईता राईको मृत्यु भएको छ भने सोही ठाउँकी आरती मगर, किरण मगर, शिशिर मगर, विकाश मगर, पुर्ण प्रसाद लिम्बु, विनिता लिम्बु घाइते भएका छन्।

घाइते सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्