पूर्वमा आगालगीबाट ६ लाख ५० हजार बराबरको क्षति

पूर्वमा आगालगीबाट ६ लाख ५० हजार बराबरको क्षति

खोटाङ माघ ३

पूर्वका दुई जिल्ला खोटाङ र सप्तरीमा आइतबार आगलागीबाट ६ लाख ५० हजार बराबरको क्षति भएको छ।

खोटाङको च्यानडाडा-२ बस्ने महेश गुरुङको १ तले घरमा अपरान्ह ३ बजेतिर अचानक सोलारको तार सर्ट भई आगलागी भएको हो।

आगालगीबाट गुरुङको नगद १५ हजार, १ तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ।

त्यस्तै सप्तरीको कन्चनरुप-४ बस्ने गोसाई शर्माको गाई गोठमा समेत आगलागी भएको छ।

बेलुका ९ बजेतिर गोठमा बालेको आगोबाट अचानक सल्किएको आगोले उनको ३ वटा बाख्रा तथा गोठ पूर्ण रुपमा जल्दा १ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी र स्थानिय मानिसको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्