बेलवारीमा गायक यमबुद्धको सम्झनामा शोकसभा

बेलवारीमा गायक यमबुद्धको सम्झनामा शोकसभा

बिपिन आचार्य/बेलवारी

नेपाली मन नेपाली साङगितिक क्षेत्रका ढुकढुकी एक हुनाहार नक्षेत्र चर्चित सबैका प्रिय पप एव र्यापर गायक यमबुद्ध(अनिल अधिकारी)को निधनको खबरले नेपाली साङगितिक क्षेत्र लगायत सम्पुर्ण युवा पुस्ता नेपाली शोकमा डुबेका छन्,उनको सम्झनामा मोरङको बेलवारी २ का युवाहरु को समूह बेल्ज गाईज नामक समूहले आइतबार बेलवारी २ को सिनेमाहल लाईनमा गायक यमबुद्ध को मृतआत्माको चिर शान्तीको कामना गर्दै मैनबत्ती बालेर शोकसभा आयोजना गरेको छ, बेल्ज गाईज समूहका ५० जना भन्दा बढी युवाहरुको सहभागी रहेको शोकसभामा सबै युवाहरुले यमबुद्ध को सम्झनामा उनका गीति संगीतलाई सम्झदै उनका गीतिहरु गाउदै उनलाई सम्झिएका थिए, आईतवार साझ सिनेमाहल लाईनको सडकमा रिप यमबुद्ध...लेखेर मैनबत्तीलाई सोहि आकारमा बालेर उनलाई सम्झिएका थिए,नेपाली युवा पुस्ताका निकै नै लोकप्रिय गायकको शोक सभा उपस्थित सम्पुर्ण युवाहरुको आँखा रसाएको प्रष्ट भान हुन्थियो त्यहा पुग्दा..साथै बेल्ज गाईज समूहले आयोजना गरेको शोकसभामा उपस्थित दोय शम्भु श्रेष्ठ र हेमन्त खड्काले यमबुद्ध लाई सम्झिदै भावुक हुँदै भने उनी हामी माझ नरहे पनि उनका गीति संगीत हामी युवा पुस्ता माझ कालझै रहिरहने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्