अन्तर कलेज २०-२० मा डिग्री कलेज विजयी

अन्तर कलेज २०-२० मा डिग्री कलेज विजयी

३ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता सोमबार भएको खेलमा डिग्री कलेज  विजयी भई सेमिफानलमा पुगेको छ ।

आज भएको खेलमा डिग्री कलेजले हिमालय दर्शन कलेज ६३ रनले पराजित  गरेको छ । टस जितेर ब्याटिङ गरेको डिग्रीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ८ रन बनाएको थियो । जस्मा अनिल विष्टले १९ रन र अजय राजवंशीले १६ रनको योगदान दिएका थिए । हिमालयका लोमस निरौलाले ४ विकेट लिएका थिए ।

जवाफमा १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको हिमालयले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई  ४५ रन बनाए थियो ।जस्मा मिनस थापजले १४ रनको योगदान दिएका थिए । डिग्रीका म्यान अफ द म्याच अजय राजवंशीले ४ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्