कान्तिपूर कलेज फाइनलमा

कान्तिपूर कलेज फाइनलमा

४ माघ, विराटनगर ÷ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता मंगलबार भएको खेलमा कान्तिपूर कलेज विजयी भई फानलमा पुगेको छ ।

आज भएको खेलमा कान्तिपूर कलेजले पूर्वाञ्चल मेनेजमेन्ट कलेजलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मेनेजमेन्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । जस्मा सुमन दुलालले ३२ रन, अंकीत सानीले २३ रन र विशाल चौधरीले अविजित २१ रनकोे योगदान दिएका थिए । कान्तिपूरका नेपालका अन्तराष्ट्रिय खेलाडी महबुब आलम र म्यान अफ द म्याच रितेश माझीले ३–३ विकेट लिएका थिए ।

जवाफमा १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको कान्तिपूरले ९ दशमलव २ बलमा २ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । अमल दासले २५ बलमा २ छक्का र १० चौका प्रहार गरी ५५ रन, रितेश माझीले अविजित २३ रन, सिद्धार्थ निरौलाले १९ रन र महबुव आलमले अविजित ६ रनको योगदान दिए । मेनेजमेन्टका सुजित शर्माले १ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्