रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

सप्तरी,माघ ५ 

सप्तरीको कन्चरुप नगरपालिका ११ मा मंगलबार रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ७ प १७९१ नम्बरको मोटरसाइकल कन्चनरुप-११ मा साँझ ६ बजेतिर अगाडी रोकी राखेको नम्बर खुल्न नसकेको ट्याक्टरसंग ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी मल्नहवा-६ का ३५ बर्षिय राज नारायण चौधरीको मृत्यु भएको छ। गम्भिर घाइते भएका चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेलुका ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।

त्यस्तै सप्तरीकै जमुनीमध्यपुरा-१ स्थित भित्री सडक खण्डमा मंगलबार स २ प ८६६७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका योगेन्द्र प्रसाद यादबको ७ बर्षिय छोरा बलराम यादब घाइते भएका छन्।

विहान १०;३० बजेतिर बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले यादवलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्