बुक-बस बिराटनगर आउदै

बुक-बस बिराटनगर आउदै

बिराटनगर माघ ५ , अमेरिकी दूतावासको बुक बसले यही माघ ७ गते देखि २१ गतेसम्म विराटनगरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । बुक बसले कार्यक्रम आयोजना गर्ने क्रममा मोरङ्ग उद्योग वाणिज्य संघ अन्तर्गत रहेकोे अमेरिकन कर्नरसँग पनि सहकार्य गर्दै विराटनगरका विद्यालय र कलेजहरूसँग काम गर्नेछ । उक्त कार्यक्रम अवधिमा बुक बसले विद्यालय र कलेजहरूमा भाषा र विज्ञान तथा प्रविधिबारे विविध कार्यशालाहरू, वृतचित्र प्रदर्शनीका साथै पुस्तक पठन कार्यक्रम आयोजना गर्दैछ ।

नेपाल पिक्चर लाइब्ररीको सहकार्यमा बुक बसका प्रशिक्षकरुले इतिहास पुनः कथनका कार्यशालाहरू पनि संचालन गर्ने छन् । नेपाली इतिहासका मूख्य घटनाहरूलाई सहभागीहरु, र उनका परिवार र समुदायको व्यक्तिगत इतिहाससँग जोड्नु यो कार्यशालाको उद्देश्य रहेको आयोजकले जनाएको छ । यसका साथै विराटनगरमा बुक बसले आफ्नो नयाँ कार्यक्रम ‘नेपाल रिड्स’ पनि आयोजना गर्दैछ । नेपाल रिड्सले नेपालमा विशेषगरी युवाहरुका बीच पठन तथा समालोनको संस्कृतिलाई प्रोत्साहन गर्दछ । हरेक वर्ष यो कार्यक्रमले दुई साहित्यिक कृतिको चयन गर्नेछ र सो मार्पत उक्त कृतिको सेरोफेरोमा रहेर पाठकहरुलाई छलफल तथा गोष्ठीहरुमा संलग्न गराउने छ । नेपाल रिड्सको प्रथम संस्करणका लागि नेपालका महिला कविहरुको कविता संग्रह ‘दिज् फाइन् लाइन्स्’ छानिएको छ । यस संग्रहका कविताहरुमा कविहरुले नेपाली समाजमा सिमान्तकृत भइ गुम्सिन पुगेका चाहनाहरु र स्वतन्त्रताका लागि संघर्षहरुलाई पहिल्याएका तथा अन्वेषण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्