जेसीज टेष्टी-टेष्टी फाईनल आज

जेसीज टेष्टी-टेष्टी फाईनल आज

विराटनगर माघ ६ ,

विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भैरेहको" अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हाजीरीजवा प्रतियोगीता" को तेश्रो दिनको दुई सेमिफाईनल खेलहरु वुधबार सम्पन्न भएको छ।
बुधबार भएको खेलहरु मध्ये पहिलो सेमिफाईनलमा लिटिल फ्लावर्स ईटहरी ,जेम्स ई. विराटनगर, मोर्डन ईरा विराटनगर र दोश्रो सेमिफाईनलमा मार्टस मेमोरियल विराटनगर, जेसीज स्कुल सर्लाही र एभरेष्ट स्कुल विराटनगर फाईनल खेलमा पुग्न सफल भएका छन।
सो प्रतियोगीताको हाजीरीजवाफ डा. सन्देश दाश श्रेष्ठ ज्यु र सन्दीप दाश श्रेष्ठ ज्युले संचालन गर्नु भएको थियो भने सेमिफाईनलको खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो।
बिहीबार हुने फाईनल खेलका ६ विधालयहरु बाट प्रथम हुनेलाई १५,००० र रिनिंग शिल्ड, दोश्रोलाई नगद १०,००० र ट्रफी र तेश्रोलाई नगद ५,०००/- र शिल्ड प्रदान गरिने जानकारी अध्यक्ष अभिनास थापाले दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्