महेन्द्र मोरङ कलेजले जित्यो क्रिकेटको उपाधि

महेन्द्र मोरङ कलेजले जित्यो क्रिकेटको उपाधि

६ माघ, विराटनगर ÷ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता विहिबार भएको फाइनल खेलमा महेन्द्र मोरङ कलेजले कान्तिपूर कलेजलाई ८ रनले पराजित गरी उपाधि हात पारेको छ ।

टस हारेर ब्याटिङ गरेको महेन्द्र मोरङले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । जस्मा म्यान अफ खद म्याच रवि रोयले ३७ रन, राज शर्माले २६ रनकोे योगदान दिएका थिए । कान्तिपुरका भिम मण्डलले ४ ओभरमा २३ रन दिएर ६ विकेट लिएका थिए ।

जवाफमा १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको कान्तिपूरले १९ सवै विकेट गुमाई १ सय २८ बनाएको थियो । जस्मा अमल दासले ४६ रन र रुपेश शर्माले १८ रनको योगदान दिए । महेन्द्र मोरङका अनिल यादबले ३ विकेट र रवि रोयले २ लिएका थिए । प्रतियोगिताको उत्कृष्ट ब्याट्समेन कान्तिपुरका अमल दास, उत्कृष्ट बलर डिग्रीका अजय राजवंशी तथा म्यान अफ द सिरिज कान्तिपूरका रितेश माझी घोषित भए ।

विजयी तथा अन्य खेलाडिलाई नेपाली विराटनगरका अध्यक्ष भिम पराजुली र नेपाल क्रिकेट संघका केन्द्रिय उपाध्यक्ष नरेश श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्