प्रचण्ड सरकारमा थप २ मन्त्री थपिए

प्रचण्ड सरकारमा थप २ मन्त्री थपिए

कठमाडौं । प्रधानमन्त्री प्रचण्डले दुई साना दलबाट दुई मन्त्री थप गरी पाँचौं पटक मन्त्रिपरिषद् बिस्तार गरेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ ।प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् ।

सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् ।

प्रचण्डले पहिलोपटक आफ्नै पार्टीका कृष्णबहादुर महरा र नेपाली कांग्रसका विमलेन्द्र निधीलाई मन्त्रिपरिषद सदस्यमा समेटेका थिए ।

दोस्रो पटक माओवादीका तर्फबाट अरु मन्त्री थपेर सरकार विस्तार गरेका प्रधानमन्त्रीले तेस्रो पटक कांग्रेसबाट सरकारमा मन्त्री सहभागि गराएका थिए ।

त्यस्तै चौथो पटक कांग्रेसकै राज्यमन्त्रीहरु थपेका उनले पाचौ पटक साना दलका सांसदलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

-न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्