बिराटनगरको ईडेन स्कुलमा खेल सप्ताह सम्पन्न

बिराटनगरको ईडेन स्कुलमा खेल सप्ताह सम्पन्न

बिराटनगर माघ ७ , विराटनगर ४ स्थित ईडेन नेशनल बोर्डिङ स्कुलले एक साता अघि देखि हुदै गरेको खेल सप्ताह आज समापन गरेको छ । विभिन्न खेलमा सारिक कक्षा नर्सरी देखि कक्षा आठ सम्मका प्रथम , द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई स्कुलका संचालक घनश्याम पोख्रेल,  विश्वकान्त दाहाल , प्रिन्सिपल सि. एम. बस्नेत लगाायत शिक्षक शिक्षिकाहरुले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो । विद्यालयमा पढाई मात्रले नपुग्ने र अतिरीक्त क्रियाकलाप अत्यन्त आवश्यक हुने प्रिन्सिपल बस्नेतले बताउनुभयो । विद्यालयले भर्खरै आफ्नो रजत जयन्ति समारोह पनि सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्