जवाफदेहिता सम्बन्धी फोटो प्रर्दशनी सम्पन्न

जवाफदेहिता सम्बन्धी फोटो प्रर्दशनी सम्पन्न

प्रेम देवान
विराटनगर ७ माघ ।

नागरिकलाई फोटोको माध्यमद्धारा जवाफदेहिता सम्बन्धी सचेत गराउने उद्देस्यले आयोजना गरिएको फोटो प्रतियोगिता तथा प्रर्दशनी सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा शुक्रबार आयोजना गरिएको प्रतियोगीता तथा प्रर्दशनीमा विरगन्जका सुशिल कुमार शाहले जुरी एवार्ड प्राप्त गरेका छन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गरे । त्यसैगरी विराटनगरका नितेश वस्ती बेष्ट मोबाईल फोटो विजेता भए । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे । विकल्प एण्ड अल्टरनेटिभको आयोजनामा गरिएको प्रतियोगीता तथा प्रर्दशनीमा पब्लीक च्वाईस अवार्ड अन्र्तगत विराटनगर कै सरोज पौडेललाई प्रदान गरीएको छ । पौडेलले नगद १० हजार नगद पुस्कार प्राप्त गरे । नेपाल मै पहिलो पटक आम-नागरिकलाई जवाफदेहिता तथा सचेत गराउने उद्धेस्यले आयोजना गरिएको कार्यक्रम संयोजक मदनकृष्ण प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्