नेवार समाज गठन

नेवार समाज गठन

विराटनगर वडा नम्बर ७ मा नेवार समाज गठन भएको छ । शनीवार बिराटनगर ७ मा रहेका नेवार समुदायको भेललाले नेवार समाज वडा स्तरिय नेवार समाज गठन गरेको हो । प्रारम्भिक समितिको संयोजकमा सञ्जय श्रेष्ठ रहनु भएको छ भने सह संयोजकमा राजकुमार श्रेष्ठ, सचिव राजु श्रेष्ठ, सह सचिव ओम प्रधान, कोषाध्यक्ष सर्मिला श्रेष्ठलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा अमर श्रेष्ठ, जिवन श्रेष्ठ, भोला श्रेष्ठ र पृथबहादुर श्रेष्ठ रहनु भएको छ । समाजले वडा नम्बर ७मा रहेका नेवार समुदायको तथ्यांक संकलन गर्दै उनीहरुको मौलिक संस्कृती र परम्परा संरक्षणमा काम गर्ने समाजका सचिव राजु श्रेष्ठले जानकारी दिनुभयो । नेवारहरुको तथ्यांक समेत नभएको अबस्थामा यो समाजले नेवारहरुको अबस्था पहिचान गरी अधिकारको क्षत्रमा काम गर्ने जानईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्