शिक्षादीप स्पोर्टस् सप्ताह शुरु

शिक्षादीप स्पोर्टस् सप्ताह शुरु

१० माघ, विराटनगर÷ विराटनगर – १४ मा रहेको शिक्षादीप कलेजको आठौ वार्षिक उत्सवको अवसर पारेर शिक्षादीप स्पोर्टस् सप्ताह शुरु भएको छ ।

कलेज परिसरमा आज सोमबार पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआईजी केशरीराज घिमिरेले उद्घाटन गरि सप्ताह शुरु भएको हो ।

सोमबार भएको म्याराथुन दौडमा तीन किलोमिटर छात्र दौडमा तान्छोहाङ माखिम राई प्रथम, सुवास सापकोटा द्धीतिय र शैलेन्द्र दर्नाल तृतीय भए । त्यस्तै दुई किलोमिटर छात्रा दौडमा नमिना भण्डारी प्रथम, चाँदनी साह द्धितिय र मधु रौनियाहार तृतीय भइन ।

प्रतियोगितामा कलेजमा अध्ययरत तीन सय बढी विद्यार्थीहरुको सहभागीता रहेको कलेजका प्राचार्य ज्ञानबहादुर खडकाले जानकारी दिए ।

सप्ताहभरी सञ्चालन हुने प्रतियोगितामा फुटबल, चेस, हाजिरजवाफ, कविता, टेबल टेनिस, भलिबल, क्रिकेटलगायतको प्रतियोगिता हुने कलेजले जनाएको छ । वार्षिक उत्सवकै अवसरमा रक्तदान र विरामीहरुलाई फलफुलसमेत वितरण गर्ने कलेजका को–अर्डिनेटर शंकर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्