विराटनगर-२१ बाट लागुऔषधसहित एक पक्राउ

विराटनगर-२१ बाट लागुऔषधसहित एक पक्राउ

मोरङ, माघ १०

मोरङको विराटनगर-२१ बाट प्रहरीले आइतबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान-११ जोरसखुवा बस्ने रंजित विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतीयबजार जोगबनीबाट नेपालतर्फ आउदै गर्दा भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो।

उनको साथबाट एभिल-१२ एम्पुल, लुपिजेसिक-१२ एम्पुल र डाईजेल्याप-१२ एम्पुल बरामद भएको छ।

लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई आवश्यक कारवाहीकोलागी इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्