विपन्न वर्गलाई जाडोमा कम्बल वितरण

विपन्न वर्गलाई जाडोमा कम्बल वितरण

प्रेम देवान
विराटनगर १० माघ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले जाडोलाई छेक्न विपन्न र असाहयलाई न्यानो कम्बल वितरण गरेको छ ।
विराटनगर २० मा रहेको रानी यूवा क्लबमा सोमबार एक कार्यक्रमका बीच उक्त क्षेत्रका दक्षिणीभेगका ६२ जनालाई कम्बल वितरण गरिएको संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए ।
कार्यक्रममा सहभागी प्रमुख अतिथी सभाषद एवम् नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारी, उद्योगी एवम् ब्यावसायी श्री निवास सारडा लगायतले कम्बल वितरण गरे । साथै सामुदायिक केन्द्रलाई एक थान साउण्ड सिस्टम पनि हस्तान्तण गरिएको छ ।
विराटनगरको दक्षिणीभेगको १६, १७, १९,२०,२१ र २२ वडाका एकल महिला,अपाङ्ग र विपन्नहरु वर्गलाई लक्षित गरेर न्यानो कम्बल वितरण गरिएको सुब्बाले बताए । सो अवसरमा बोल्दै प्रमुख अतिथी डिब बहादुर लिम्बु,एसपी भण्डारी, जोगबनी नगरपञ्चायतका उप–मेयर नरेशप्रसाद , उद्योगी व्यावशाहीले जाडोमा यसरी उनीहरु प्रतिको काम र सेवाको सहरानीय काम गरेको भन्दै प्रसंसा गरेका थिए । साथै कार्यक्रममा सस्थालाई सहयोग गर्ने दाताहरुलाई मायाको चिनो सहिद सम्मान पनि गरिएको थियो।
आयोजक संस्थाका सचिव अर्जुनकुमार क्षेत्रीले विगत लामो समय देखी सामाजिक क्षेत्र लागुऔषध रोकथाम सम्बन्धी जनचेतना मुलक काम गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्