बैंकबाट रकम निकालेर फर्किँदै गरेका एक व्यक्तिबाट साढे तीन लाखभन्दा बढी रकम लुटियो

<span class='c1'>बैंकबाट रकम निकालेर फर्किँदै गरेका एक व्यक्तिबाट</span> <span class='c2'>साढे तीन लाखभन्दा बढी रकम लुटियो</span>

बाँके, नेपालगन्जमा सोमबार अपराह्न एक व्यक्तिका साथबाट साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ ।

धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको रु तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् ।

मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताउनुभयो ।

वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको रु दुई लाख ६५ हजार र आफूसंँग झोलामा भएको रु एक लाख लुटिएको जिकिर गर्नुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्