बिराटनगर माघ १२ ,
मोरङको टंकीसिनवारीस्थित मोरङ पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । माघ ११ देखि १४ गतेसम्म स्कुलमा खेलकुद सुरु हुन लागेको शिक्षक रोशन दाहालले जानकारी दिए । उक्त खेल सप्ताहमा विद्यार्थीलाई विभिन्न खेलहरु खेलाइने दाहालले बताए । विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको लागि खेलकुद सप्ताहको आयोजना गरिएको दाहालको भनाइ छ ।