१५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

<span class='c1'>१५ जिल्लामा विशेष पोलियो खोप</span> <span class='c2'>कार्यक्रम गर्ने स्वास्थ्य मन्त्रालयको तयारी</span>

काठमाडौं । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले फागनु ७ र ८ गते १५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम गर्ने जनाएको हो ।स्वास्थ्य मन्त्रालयले १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम गर्ने जनाएको छ । नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाएको भए पनि सार्क देश पाकिस्तान र अफगानिस्तानमा अझै पोलियो देखिएकाले नेपालमा पनि उच्च जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्लामा छनोट गरी कार्यक्रम गर्न लागिएको हो ।
नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ । त्यसैगरि कार्यक्रममा युनिसेफले भ्याक्सिनको सहयोग गर्ने जनाएकोे छ । विश्व स्वास्थ्य सङ्गठनले रु एक करोड ५० लाख, सरकार र दाताको संयुक्त कोषको रु एक करोड १० लाख खर्च हुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्