विराटनगरमा सकियो शैक्षिक मेला ।। उपलब्धी शुन्य ।

विराटनगरमा सकियो शैक्षिक मेला ।। उपलब्धी शुन्य ।

सुमन सुस्केरा
बिराटनगर, माघ १५
पुर्बाञ्चल बिश्वबिद्यालयले दोस्रो शैक्षिक मेला विराटनगरमा सम्पन्न भएको छ। आफनो शैक्षिक सेवाको प्रचारप्रसार गर्न विश्व बिद्यालयले २ दिने शैक्षिक मेला एजुकेशन फेयरको आयोजना गरेको हो । तर एजुकेशन फेयरमा भनेको जस्तोउपलब्धी कसैले नि हाँसिल गर्न सकेनन् । बिराटनगरको आर्दश माबिको मैदानमा यही माघ १४ र १५ गते पुर्वाञ्चल विश्वबिद्यालय अन्तरगतका कलेजहरुले पियुको अगुवाईमा एजुकेशन फेयर आयोजना गरेका हुन । तर जुन अपेक्षा राखेर मेलाको आयोजना गरिएको थियो त्यो अनुसारको उपलब्धी भने कसैले पनि हाँसिल गर्न नसकेको जनकपुर सेन्ट्रल ईन्जीनियरिङ कलेजबाट आउनु भएकी, चिफ एकाउण्टेन्ट, उर्मिला भट्टराईले गुनासो सुनाउनुभयो ।
पुर्बाञ्चल बिश्वबिद्यालयबाट सम्बन्धन लिएका देशभरका कलेज र आंगिक क्याम्पसहरुको सञ्जाल ‘प्युक्यान’र एसिया संस्थाकोे आयोजनामा भएको शैक्षिक मेला निक्कै नै फितलो थियो । पुर्वाञ्चल बिश्व बिद्यालयको ब्राण्ड क्रियट गर्नको लागि मेला आयोजना गरेको बताईन्छ । पुर्वाञ्चल बिश्वबिद्यालय ब्यवस्थापन क्याम्पस प्रमुख डाक्टर उत्तम रेग्मीले छोटो समयमा आउोजना गरिएको मेलाले सोचे अनुसारको बिद्यार्थीको उपलब्धी मुलक उपस्थीती देखाउन नसकेको बताउनुभयो ।
पुर्वाञ्चल विश्वविद्यालयको पाठयक्रम र शैक्षिक गुणस्तरबारे जानकारी भएमा कसैले महंगो खर्च गरेर बिदेशमा पढ्न जानुपर्ने अबस्थाको अन्त गराउनेतर्फ पनि शैक्षिक मेला सहयोगी हुने विस्वास लिईएकोमा मेलामा बिद्यार्थीहरुको नै उत्साह देख्न पाईएन । तर बिराटनगरवासीलाई पुर्वाञ्चल बिश्व बिद्यालयमा के कस्ता बिषय बढाई हुन्छन् भन्ने बारेमा जानकारी दिलाउनको लागि पनि मेलाले अर्थ राख्ने तर्क बिराटनगरको सास्थम कलेजका कोर्डिनेटर प्रबिण रिमालको बुझाई छ । शैक्षिक मेलामा ईन्जिनियरिंग, हेल्थ साईन्स, व्यवस्थापन, होटल म्यानेजमेन्ट, मानबिकी र कानुन संकायका ३३ वटा कलेजहरुको स्टल रहे । ५ आंगिक क्याम्पस र २८ वटा सम्बन्धन प्राप्त कलेजहरुको स्टल मात्र देखियो तर त्यसको प्रभावकारीता निक्कै कम देखियो । प्युक्यानका अध्यक्ष शम्भुकुमार दहाल सोचे अनुसार मेला नभएको स्वीकार गर्नुभयो । पुर्बाञ्चल बिश्वबिद्यालयले गत बर्ष काठमाण्डौमा पहिलो पल्ट शैक्षिक मेला आयोजना गरेर सफल रहेको दाबी गरिएको अबस्थामा विराटनगरमा आयोजना गरिएको मेलामा, बिद्यार्थी बिनाको मेलाले त्यत्रो ठुलो उपलब्धी नै ग¥यो भनीहाल्ने अबस्था नरहेको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्