बिराटनगरमा हिसान स्पोर्टस् मिट शुरु

बिराटनगरमा हिसान स्पोर्टस् मिट शुरु

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट शुरु भएको छ ।

शनिबार भएको उदघाटन क्रिकेटको खेलमा अर्किड कलेजले मर्डन एरा कलेजलाई १ सय २१ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टु जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६५ रन योगफल तयार पारेको थियो । जस्मा मंयक साहले ३२ रन तथा आसुतोष साह र धिरज साहले १८–१८ रनको योगदान दिएका थिए । मर्डन एराका प्रविन मगरले ३ विकेट र प्रज्वल तिवारीले २ विेकेट लिएका थिए ।

जवाफमा १ सय ६६ रनको विजय लक्ष्य पछ्याएको मर्डन एराले १३ दशमलव १ बलमा सवै विकेट गुमाई ४४ रन बनायो । जस्मा प्रविन सरदारले नट आउट ११ रनको योगदान दिए । मर्डन एराका ७ ब्याटस्म्यानले खाता समेत खोल्न सकेनन् । अर्किडका म्यान अफ द म्याच बालकृष्ण यादबले ४ ओभर बलिङ गर्दै १२ रन दिएर ६ विकेट तथा सवल तिम्सीनाले २ विकेट लिएका थिए । २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस र दौड गरी ५ वटा खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने छन् । एक हप्तासम्म चल्ने मोफसलको सर्वाधिक ठूलो विद्यालयस्तरीय प्रतियोगितामा मोरङका २१ वटा उच्च माविका १२ सय खेलाडीको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्