हिसान स्पोर्टस् : भलिबलमा लर्डबुद्ध,कान्तिपुर तथा क्रिकेटमा मेरील्याण्ड र लर्डबुद्ध विजयी

<span class='c1'>हिसान स्पोर्टस् : भलिबलमा लर्डबुद्ध,कान्तिपुर तथा</span> <span class='c2'>क्रिकेटमा मेरील्याण्ड र लर्डबुद्ध विजयी</span>

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आजदेखि आठौं हिसान स्पोर्टस् मिट अन्तरगत पुरुष भलिबलमा लर्डबुद्ध,कान्तिपुर तथा क्रिकेटमा मेरील्याण्ड र लर्डबुद्ध विजयी भएका छन् ।

आइतबारको डिपिएस्को खेल मैदानमा भएको पुरुष भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले अरनिको कलेजलाई २५–१५ र २५–१८ को सोफो सेटले पराजित गरेको छ ।

दोस्रो खेलमा कान्तिपुर कलेजले एभरेष्ट कलेजलाई २१–२५, २५–१५ र २४–२६ को सेटले पराजित गरेको छ ।

त्यस्तै क्रिकेटको पहिलो खेलमा मेरील्याण्ड कलेजले एभरेष्ट कलेजलाई १ सय ६५ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मेरील्याण्डले निर्धारित २० ओभरमा १ विकेट गुमाई २ सय ३७ रन योगफल तयार पारेको थियो । जस्मा म्यान अफ द म्याच सुमन विकले ५९ बलमा १४ चौका प्रहार गर्दै अविजित १ सय २ , दिवश पण्डितले ३१ बलमा ७ चौक प्रहार गर्दै अविजित ५५ रन तथा निर्मल कामतले ३२ रनको योगदान दिएका थिए । एभरेष्टका कुशल खडकाले १ विकेट लिएका थिए ।

जवाफमा २ सय ३८ रनको विजय लक्ष्य पछ्याएको एभरेष्टले १२ दशमलव ४ बलमा सवै विकेट गुमाई ७१ रन बनायो । एभरेष्टका कुशल खडकाले १३ रन बाहेको कसैले पनि दोहोरो अंकलाई छुन सकेनन् ।। मेरील्याण्डका विशेष दंगालले ३ विकेट तथा रुपेश सरदारले २ विकेट लिएका थिए ।

दोस्रो खेलमा लर्डबुद्ध कलेजले सिटी कलेजलाई विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सिटीले निर्धारित २० ओभरको खेलमा १३ दशमलव २ बलमा सवै विकेट गुमाउँदै ४८ रन योगफल तयार पारेको थियो । सिटीका कुनैे पनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् भने लर्डबुद्धले २२ रन अतिरीक्त रन दिएको थियो । लर्ढबुद्धका दिपेश यादवले ३ विकेट लिएका थिए ।

जवाफमा ४७ रनको विजय लक्ष्य पछ्याएको लर्डबुद्धले ८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजय लक्ष्य पार गरेका थियो । जस्मा चन्दन ठाकुरले अविजित २२ रन बनाएका थिए । सिटीका दिपक सहनीले २ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्