माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइयो

<span class='c1'>माइतीघर मण्डलामा सबैभन्दा ठूलो</span> <span class='c2'>राष्ट्रिय झण्डा फहराइयो</span>

काठमाडौं ।

नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा  माइतीघर मण्डलामा फहराइएको छ ।सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममानकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए ।

केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राखे । “हामी दुःख व्यहोर्न तयार छौं । तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ”– उनले भने, “सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौँ ।”

उनले देशको स्वाभिमान कसैका विरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गरे । अध्यक्ष ओलीले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन आग्रह गरे ।

उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताए । “निर्वाचन नगर्ने प्रयास भइरहेको छ”– उनले भने, “तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौँ ।”

कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताउनुभयो । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ ।

राष्ट्रियतामा योगदान पु¥याएबापत उक्त कार्यक्रममा खेलाडी मिरा राई, कलाकार मोहनदास श्रेष्ठलगायत एक दर्जनलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्