लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान

लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान

माघ १७
सुनसरीको खनारमा हुँदा ३ जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक गोली चल्दा लागूऔषध कारोबारी घाइते भएका हुन् । घाइते हुनेमा लागूऔषध कारोबारी मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । लागूऔषध कारोबारीको समूहले प्रहरीमाथि गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको जनाएको छ । आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी सो स्थानमा पुगेको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेले बताउनुभयो । घाइतेलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार घटनास्थलमा हतियारसहित कोरेक्सलगायतका लागूऔषधि फेला परेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्