बाबुलाई छुरा प्रहार गरी फरार पक्राउ

बाबुलाई छुरा प्रहार गरी फरार पक्राउ

सुनसरी, माघ १८ 

सुनसरीको धरान-१५ पतन्जली मार्गमा आइतबार आफ्नै बाबुलाई छुरा प्रहार गरी हत्या पश्चात फरार रहेका साइमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

फरार कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सोमबार राती धरान ८ स्थित यलम्बर पार्क नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। धरान-१५ पतन्जली मार्ग बस्ने २२ वर्षिय कार्कीले आइतबार दिउँसो घरायसी वाद-विवाद हुँदा ४४ वर्षिय पिता अटुराज कार्कीलाई पेटमा छुरा प्रहार गरी फरार भएका थिए।

गम्भीर घाइते अटुराजको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा सोही दिन उपचारकाक्रममा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्