हिसान स्पोर्टस् मिट अन्तरगत सोमबारका खेल नतिजा :

हिसान स्पोर्टस् मिट अन्तरगत सोमबारका खेल नतिजा :

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत सोमबार भएको छात्र भलिबलमा मोर्डन एरा र कोबास, छात्रा भलिबलमा अरनिको र रेडस्टार । क्रिकेटमा भानु र अरनिको तथा फुटबलमा मोर्डन एरा, सिटी, कोबास र सिद्धार्थ विजय भएका छन् ।

सोमबारको डिपिएसको खेल मैदानमा भएको छात्रा भलिबलको अरनिको कलेजले सिटी कलेजलाई ३–१ को सेटले पराजित गरेको छ । दोस्रो खेलमा रेडस्टार पथरीले अर्किड कलेजलाई २–० सोझो सेटले पराजित गरेको छ । त्यस्तै छात्र भलिबल खेलमा मोर्डन एराले सिटीलाई २–० को सोझो सेटले पराजित गरेको छ । दोस्रो खेलमा कोबास कलेजले शिक्षादीप कलेजलाई २–१ को सेटले पराजित गरेको छ ।

त्यस्तै वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेटको पहिलो भानु कलेजले नेशनल एकाडेमीलाई १ विकेटले पराजित गरी क्वारफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको नेशनलले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५६ रन योगफल तयार पारेको थियो । जसमा किसन मगरले ५० रनको योगदान दिएका थिए । भानुका आशिष सापकोटा, सौरव पन्त, नविन यादव, रुपेश भण्डारी, पवन चौधरी र विकास हलुवाईले १–१ विकेट लिएका थिए ।

जवाफमा १ सय ५७ रनको विजय लक्ष्य पछ्याएको भानुले निर्धारित ओभरमा ९ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । जसमा नविन यादवले ३५ रनको योगदान दिएका थिए । नेशनलका अजय दास र किसन मगरले ३–३ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले विराट भिक्टोरिया कलेजलाई ६ विकेटले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित १७ ओभरको खेलमा १२ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ४७ रन योगफल तयार पारेको थियो । विराटका कुनैे पनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् भने अरनिकोले १३ रन अतिरीक्त रन दिएको थियो । अरनिकोका म्यान अफ द म्याच दिपेन्द्र मण्डलले ३ विकेट लिएका थिए ।

जवाफमा ४८ रनको विजय लक्ष्य पछ्याएको अरनिकोले ५ दशमलव १ बलमा ४ विकेट गुमाई सो विजय लक्ष्य पार गरेका थियो । जसमा रुपेश दासले २५ रन बनाएका थिए । विराटका दिवश थापाले ३ विकेट लिएका थिए ।

त्यसैगरी डिपिएसको खेल मैदानमा भएको फुटबलको पहिलो खेलमा मोर्डन एरा कलेजले दिल्ली पब्लिक कलेजलाई पेनाल्टिी सुट आउटमा ४–२ को गाल अन्तरले पराजित गरी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरीमा खेल सकाएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । खेलको डाइ स्टार म्यान अफ द म्याच दिल्ली पब्लिकका मनिन्द्र चोधरी घोषित भए ।
दोस्रो खेलमा सिटी कलेजले लर्डबुद्ध कलेजलाई २–० गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिटीका डाइ स्टार म्यान अफ द म्याच लोकेस राना मगर र करन मण्डले १–१ गोल गरेका थिए ।
तेस्रो खेलमा कोबास कलेज र नेशनल एकाडेमीबीच हुनु पर्ने खेलमा नेशनलले कलेजभन्दा बाहिरको खेलाडी खेलाएपछि प्रतियोगिताबाटै डिसक्वालिफायर भएको खेल संयोजक दिपेश बास्तोलाले बताए । यससँगै कोबास पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चौथो खेलमा सिद्धार्थ कलेजले सेन्ट जोसेफ कलेजलाई ३–० गोल अन्तरमा पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थका डाइस्टार म्यान अफ द म्याच अजय राईले २ गोल र टिकाराम राजवंशीले १ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्