बिराटनगर माघ २३ , मोरङको कोशीहरैचा नगरपालिकाका सुकुम्बासी बस्तीमा नि:शुल्क स्वास्थ्य उपचार पुर्याएको भन्दै बिराटनगरस्थित नोबेल मेडिकल कलेजका निर्देशक सुनिल शर्मालाई सम्मान गरिएको छ । शुक्रबार सुकुम्बासी बस्तीमा गरिएको एक कार्यक्रम बिच शर्मालाई सम्मान गरिएको थियो । सुकुम्बासी बस्तीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर धेरैलाई स्वास्थ्य उपचार नोबेल अस्पतालले गर्दै आएको छ । कार्यक्रममा बोल्दै शर्माले सुकुम्बासी बस्तीका गरिब तथा निमुखा जनताका छोराछोरीलाई सिटिइभिटीका कोर्सहरु पनि नि:शुल्क प्रधान गरिने बताए ।