कोबास कलेजको वार्षिक उत्सव कार्यक्रम सम्पन्न

<span class='c1'>कोबास कलेजको वार्षिक</span> <span class='c2'>उत्सव कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटगरमा रहेको कोबास कलेजले आफ्नो स्थापनाको २२ औ. बार्षिक उत्सव मनाएको छ ।

कलेजले कलेजको प्राङ्गणमा आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।

वर्षिक उत्सवमा कलेजमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्यल, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कलेजले विज्ञान संकायमा कलेज टपर हुने विद्यार्थी जयन्ति रायलाई नगद ६८ हजार तथा व्यवस्थापन संकायमा कलेज टपर हुने विद्यार्थी एलिस अलीलाई ३६ हजार नगदसहित सम्मान गरेको छ । त्यसैगरी विज्ञान संकायमा विशिष्ट श्रेणीमा पास हुने सवै विद्याथीहरुलई नगद ५७ हजार तथा व्यवस्थापन संकायमा विशिष्ट श्रेणीमा पास हुने सवै विद्याथीहरुलई नगद २६ सहित सम्मान गरेको थियो ।

कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ, कलेजका शिक्षक पंकज जैन,रोनेश्वर साहलगायतले बोलेका थिए । कलेजका अध्यक्ष प्रा.डा.रमेशप्रसाद अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्