प्रेम देवान
विराटनगर, २३ माघ / आगमी फागुन १४ गते हुने महेन्द्र मोरङ क्याम्पसको स्तन्त्र विद्यार्थी यूनियनको अधिवेशनको लागि अखिल क्रान्तिकारी मोरङले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरि राजधानी बाहिर महत्वपूर्ण मानिने मोरङ क्याम्पसको लागि अध्यक्षमा जिसस न्यौपाने र सचिबमा अभिमन्यू यादवको उम्मेदवारी घोषाणा गरेको हो ।
२१ जनाको कार्यसमिति रहने स्वतन्त्र विद्ययार्थी यूनियनमा अध्यक्ष र सचिबको मात्र उम्मेदवारी टुङग्याएको अखिल क्रान्तिकारी मोरङ इन्चार्ज सुमन कालिकोटेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पदाधिकारी र मोरङ जिल्लाभरीको क्याम्पसमा आफनो संगठनको उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । अध्यक्षको उम्मेदवारी दिनुभएको न्यौपाने यस अघि अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इकाई अध्यक्ष हुँदै विद्यार्थीमाच लोकप्रिय विद्याथी नेता हुन ।