एसिड प्रहारबाट गम्भीर घाइते भएकी तुलसीको उपचारको क्रममा मृत्यु

एसिड प्रहारबाट गम्भीर घाइते भएकी तुलसीको उपचारको क्रममा मृत्यु

माघ २४, २०७३- एसिड प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट नगरपालिका–५ की २७ वर्षीया तुलसी सापकोटाको उपचारको क्रममा केहीबेरअघि भैरहवामा मृत्यु भएको छ ।

प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका–६ स्थित मेरी डियन होटेलको कोठा नम्बर १०३ मा बसेकी सापकोटालाई सुनील कोइरालाले एसिड प्रहार गरि गम्भीर घाइते बनाएका थिए । सापकोटालाई सोमबार घाइते अवस्थामा प्रहरीले फेलापारि उपचारकालागि अस्पताल पुर्‍याएको थियो ।

तुलसासँगै होटेलमा बसेका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले राति सुतेको बेला एसिड हानेको र कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासीनीले बताए ।

शरिरमा एसिड प्रहार गरिएपछि तुलसा छट्पटाउँदै चिच्याउन थालेपछि होहल्ला भएपछि प्रहरीलाई घटनाको जानकारी आएको थियो । तत्काल प्रहरीले उपचारकालागि बुटवलस्थित अञ्चल अस्पताल लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल पुर्‍याइएको थियो । आज दिउँसो १ बजेतिर तुलसाको मृत्यु भएको हो ।

कोइरालाले के कारणले एसिड प्रहार गरेका हुन् भन्नेबारे भने खुल्न सकेको छैन । कोइरालालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । कान्तिपुरबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्